डाँगी/ केराबारी ७का स्थानीय महिलाले नवअभियान टोलमा भेला भएर हरितालिका तिजको अवसरमा सामुहिक दर खाएका छन्। स्थानीय महिलाले शनिबार तिज बिशेष साँस्कृतिक कार्यक्रम गर्दै सामुहिक दर खाएका हुन्।

केराबारी ७ का महिलाले आयोजना गरेको कार्यक्रमलाई हौसला प्रदान गर्न गाउँपालिका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग उपस्थित थिए। उनले कार्यक्रममा बिभिन्न प्रस्तुती दिने स्थानीय कलाकारहरुलाई गाउँपालिकाको तर्फबाट र आफ्नो तर्फबाट शुभकामना ब्यक्त गर्दै उनिहरुको कला निखार्न सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाएका छन्। उनले केराबारीमा नै संगित सिकाउने ब्यवस्था मिलाईने बताएका छन्।

कार्यक्रममा महिलाले बिभिन्न तिज गितमा नृत्य गर्नुका साथै स्थानीय कलाकारहरुले सांगितिक प्रस्तुती प्रस्तुत गरेका थिए।

कार्यक्रमका सहभागीहरुलाई साउथ एशियन वेभरेजेस प्रा.लि.बिरगञ्जको उत्पादन एप्पि फिज निशुल्क वितरण गरिएको थियो। प्रा.लि.का कोसी प्रदेश प्रमुख केशव घिमिरेले नाचेर थकित दिदिबहिनिहरुलाई फिजले शितलता प्रदान गरेको बताउनुभयो।

केराबारी ७ कि महिला सदस्य रेखा बिश्वकर्माको अध्यक्षता भएको कार्यक्रममा बिभिन्न वडाका सदस्यहरु केराबारी ७का वडाध्यक्ष खगेन्द्र निरौला, वडा सचिव चित्र चौहान, केराबारी गाउँपालिकाकी पूर्व उपप्रमुख शान्ति लिम्बु भुजेल, केराबारी ७का पूर्व वडाध्यक्ष नारायण चेम्जोङ्गलगायतको उपस्थिती थियो।

थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस।