केराबारी/ केराबारी १० बर्षा चोकमा भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका अन्दाजी ४०बर्षीय भिम देवानको निधन भएको छ। बुधबार साँझ भएको दुर्घटनाका घाईते देवानको उपचारका क्रममा बिराटनगरमा निधन भएको हो।

बुधबार साँझ केराबारी १० बर्षा चोकमा को २४ प ६२७५ र प्रदेश १ ०२ ४८प ३२३२ नम्बरका मोटरसाईकल ठोक्किएका थिए। दुर्घटनामा केराबारी १० स्थायी घर भई बेलबारी बस्दै आएका भीम देवान गम्भिर घाईते भएका थिए। घाईते देवानको उपचारको क्रममा न्यूरो अस्पताल बिराटनगरमा निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाईते भएका केराबारी २ का साजन शाहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यस्तै पैदलयात्री केराबारी गाउँपालिका पशुपन्छी शाखामा कार्यरत कर्मचारी केराबारी १० निवासी पेरुना रसाइलीको अवस्था सामान्य रहेको जनाईएको छ। 

लेन अनुशासनको पालना नगर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।