सिँदुरे/ केराबारी ४ स्थित मौरे खोलाले बगाएर स्कुल जाँदै गरेका ११ बर्षीय बालकको ज्यान गएको छ। केराबारी ४ स्थित बाँसपानी भन्ने ठाउँका बालक राईको ज्यान गएको हो।
केराबारी ४ बाँसपानी भन्ने ठाउँका चित्रबहादुर राईका ११ बर्षीय छोरा श्याम राईको ज्यान गएको प्रहरीले जनाएको छ। स्थानीय जनकल्याण माबिमा अध्ययनरत राईलाई स्कुल जाने क्रममा बिहान साढे ९ बजे खोलाले बगाएको केराबारी प्रहरीले जनाएको छ।
शवको मुचुल्का उठाई आवश्यक कानुनी प्रकृया अघि बढाईएको केराबारी प्रहरीले जनाएको छ।