केराबारी/ केराबारी गाउँपालिकामा खानेपानी परियोजना सञ्चालनका लागि १ अरव रुपैँया बिनियोजन भएको छ। एशियाली बिकास बैँक(एडिबि)मार्फत परियोजना सञ्चालनका लागि सो बजेट बिनियोजन गरेको हो।
सहरी खानेपानी आयोजना अन्तर्गत एशियाली बिकास बैँकमार्फत १अरव रुपैँया बजेट बिनियोजन भएको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग मगरले बताउनुभयो। उहाँले केराबारी खबरसँगको कुराकानीमा एडिबिले ८०प्रतिशत योगदान दिने, १५ प्रतिशत ऋण सहयोग गर्ने र योजना सञ्चालन भएको स्थानीय तहले ५ प्रतिशत लगानी गर्नुपर्ने बताउनुभयो। यस अन्तरगत एडिबिले ८०करोड लगानी गर्ने, १५करोड ऋण दिने र गाउँपालिकाले ५ करोड लगानी गर्नुपर्ने हुन्छ।
यो परियोजनामार्फत केराबारी १, २, ४ बाहेक केराबारी ३ को पहाडी क्षेत्र बाहेकका समथर क्षेत्र र वडा नम्बर ५, ६, ७, ८, ९ र १० नम्बर वडाबासी लाभान्वित हुनेछन्।
अध्यक्ष मिरिङ्गचिङ्गले आयोजनाको लागि शुरुवात देखि लागिपर्ने सबैजनालाई धन्यवाद समेत दिनुभएको छ। उहाँले परियोजना बारे जानकारी दिँदै फेसबुकमा यस्तो लेख्नुभएको छ।