केराबारी/ केराबारी २ स्थित कल्याणकारी माध्यामिक बिद्यालयकी शिक्षिका धनमाया लिम्बुलाई नेकपा एमाले केराबारीले अन्तिम बिदाई गरेको छ । एमाले मोरङ्ग जिल्ला कमिटि सदस्य, पालिका कमिटि अध्यक्ष एवं वडाकमिटि अध्यक्षले पार्टीको झण्डा ओडाउँदै अन्तिम बिदाई गरेका हुन्।

असोज १५ गते बिद्यालय पोशाकमै झुण्डिएर आत्महत्या गरेकी शिक्षिका लिम्बुलाई जिल्ला कमिटि सदस्य तथा केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर र जिल्ला कमिटि सदस्य एवं केराबारी २ का वडाध्यक्ष प्रेम लिम्बु, केराबारी पालिका कमिटि अध्यक्ष एवं केराबारी १० का वडाध्यक्ष पूर्ण मगर यस्तै नेकपा एमाले केराबारी २ वडा कमिटि अध्यक्ष देबी लिम्बुले पार्टीको झण्डा ओडाएर अन्तिम बिदाई गरेका हुन् । मृतक लिम्बु २०६३ सालमा एमालेमा संगठित थिईन।

नेपाल शिक्षक संगठनमा समेत संगठित लिम्बुका श्रीमान् र दुईजना छोरी छन्। मृतक लिम्बुको पोष्टमार्टमपछि धार्मिक परम्परा अनुसार अन्तेष्ठि गरिएको छ।