केराबारी/ मोरङ्गको केराबारी २ स्थित श्री आधारभुत बिद्यालय फाइबाको ब्यवस्थापन समितिको अध्यक्षमा देबि लिम्बु चयन हुनुभएको छ। स्थानीयको आम भेलाले लिम्बुलाई अध्यक्षको जिम्मेवारी तोकेको हो।

अभिभावकहरुको आम भेलाले लिम्बुलाई दोश्रो कार्यकालको लागि अध्यक्षको जिम्मेवारी तोकेको हो।singadebi

अध्यक्ष लिम्बुले दोश्रो कार्यकालको लागि अध्यक्षको जिम्मेवारी पाएपछि सबै अभिभाबकहरुलाई आँफुलाई बिश्वास गरेर फेरि पनि निर्बिरोध रुपमा जिम्मेवारी निर्बाह गर्ने मौका दिएको भन्दै धन्यवाद दिनुभएको छ।