सिंहदेवी/ केराबारी २स्थित जेफालेमा खेलकुद बिकास समिति केराबारी २ ले नयाँ बर्ष २०८१ को उपलक्ष्यमा पालिका स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ। समितिले बैशाख १गते देखि ४ गते सम्म कोसी प्रदेशका पालिकाहरु बीच पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो।

khel kud.jpeg

यसका लागि समितिले चैत्र २६ गते (भोलि) बेलुकी सम्म टिम दर्ताको समयाबधि तोकेको छ। यस्तै चैत्र २९ गते बेलुकी ५ बजे खेलतालिका प्रकाशन गर्ने जनाएको छ। 

जेफाले खेल मैदान केराबारी २ मा हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १लाख रुपैँया, शिल्ड, मेडल र प्रमाण पत्र, द्वितीय हुने टिमलाई नगद ७५ हजार रुपैँया, शिल्ड, मेडल र प्रमाण पत्र र सान्वता हुनेलाई नगद १०/१०हजार प्रदान गरिने आयोजक खेलकुद बिकास समिति केराबारी २ले केराबारी खबरलाई जानकारी दिएको छ।

iyam