केराबारी/ केराबारी गाउँपालिकाको आर्थिक बर्ष २०८१/ ८२ को लागि ७८करोड ४० लाख ४४हजार रुपैयाको बार्षिक बजेट तथा कार्यक्रम स्विकृत भएको छ।

केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा बसेको चौधौं अधिवेशन आईतबार प्रारम्भ भएर सोमबार सम्पन्न भएको छ।

gausabhaअधिवेशनबाट आर्थिक बर्ष २०८१/८२को बार्षिक नीति तथा कार्यक्रम, बजेट वक्तव्य २०८१, आर्थिक विद्येयक २०८१,  विनियोजन विद्येयक २०८१ लगायत केराबारी गाउँपालिकाको शिक्षा ऐन २०७५ दोश्रो संशोधन विद्येयक २०८१ साथै सभा समितिहरु: अर्थ तथा सार्वजनिक लेखा समिति र सुशासन तथा स्थानीय सेवा समिति (गठन तथा सञ्चालन) कार्यविधि २०८१ सर्वसम्मत स्वीकृत गरेको छ। 

यस्तै चालु आर्थिक बर्षका विषयगत प्रगति प्रतिवेदनहरु सभामा पेश तथा छलफल भएर पारित भएको छ। यस्तै न्यायिक समितिको प्रगति विवरण समेत सभामा पेश भएको थियो।

कोसी प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले पानसमा दिप प्रज्वलन गाउँसभाको प्रारम्भ गर्नुभएको कार्यक्रम सभाध्यक्ष सुमन मिरिङ्गचिङ्गले चौधौं अधिवेशनका ३ वटा बैठकमा भएका सम्पूर्ण निर्णयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै अधिवेशन समापन गर्नुभयो।