डाँगी/ ठेकेदारले लामो समयसम्म अलपत्र पारेको खोर्साने–केराबारी–भोगटेनी–सिंहदेवी (खोकेभोसि) सडकमा आवागमनमै समस्या भएपछि गाउँपालिका अध्यक्षको अगुवाईमा मिक्सगिट्टि हालिएको छ। कान्छाराम कन्ट्रक्सनले  ठेक्का लिएर अलपत्र पारेको खोकेभोसि सडकमा गाउँपालिका अध्यक्ष आँफै लागेर मर्मत गरेका हुन्।

शुक्रबार केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको सक्रियतामा केराबारी भोगटेनी सडक खण्डमा भएका खाल्डाखुल्डीमा मिक्सगिट्टिले पुरेर यातायात आवागमनमा सहज बनाईएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार बिभाग अन्तरगतको ग्रामिण सडक सञ्जाल सुधार आयोजना अन्तरगतको खोकेभोसि सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्ट्रक्सनले कालोपत्रे गर्ने भनेपनि हालसम्म काम नगर्दा स्थानीयलाई आवामगनमा समस्या भएको छ।

केराबारी गाउँपालिकाको वडा नम्बर २ र ३ लाई गाउँपालिकाको केन्द्र सम्म जोड्ने सो सडक लामो समयसम्म निर्माण नहुँदा स्थानीयलाई गाउँपालिकाको केन्द्रसम्म आवत जावत गर्न निकै नै कठिनाई हुने गरेको छ।

नेपाल सरकारको २०प्रतिशत लगानी र एसियाली बिकास बैंकको ८० प्रतिशत लगानीमा निर्माण हुने सो सडकको केहि पनि काम हालसम्म नभएको केराबारी २का वडाध्यक्ष प्रेम लिम्बुले केहि समय अघिको केराबारी खबरसँगको कुराकानीमा बताएका थिए।

२०७६साल श्रावण २०गते सम्झौता भएर कार्य सम्पादन अवधिः ५ वर्ष (निर्माण अवधि २ वर्ष, त्रुटी सच्याउने अवधि १ वर्ष, कार्य सम्पादनमा आधारित मर्मत २ वर्ष)पाएको कम्पनिले हालसम्म ५प्रतिशत पनि काम नगरेको स्थानीयको भनाई छ।suman jee 4suman jee 2suman jee 3