डाँगी / मोरङ्गको केराबारी ७ डाँगी पुछारकी चन्द्रकला गिरी बेपत्ता भएको भन्दै परिवारले सहयोगको याचना गरेका छन्। गिरी परिवारले खोजीका लागि पहल गरिदिन याचना गरेका हुन्।
कात्तिक १३ गते सोमबार स्थानीय दिपज्योति सामुदायीक बनमा घाँस काट्न गएकी ५१ बर्षीया गिरी बेपत्ता भएको भन्दै खोजीमा सहयोग गरिदिन बेपत्ताका भतिजा कृष्णले केराबारी खबरलाई आग्रह गरेका छन्।
आँफुहरुले जंगल क्षेत्रमा ब्यापक खोजी गरेको भएपनि कुनै सुईँको सम्म नपाएको हुँदा कतै अलमलिएर पुगेको हुनसक्ने बेपत्ताका छिमेकीहरुले अड्कल गरेका छन्।
गिरीले चन्द्रकलालाई कसैले देखे नजिकको प्रहरी कार्यालय वा मोवाईल नम्बर ९८१५३८२२१९मा सम्पर्क गरिदिन आग्रह गरेका छन्।