डाँगी/ केराबारी ७ डाँगीस्थित हितकारी बचत तथा ऋण सहकारी सँस्थाको समन्वयमा बिद्युतीय चुलो प्रयोगको बिषयमा सचेतना कार्यक्रम गरिएको छ। इन्भाईरोमेन्ट प्रोटेक्सन सेन्टर नेपाल प्रालि चन्द्रपुर १ रौतहटले एक कार्यक्रममार्फत सचेतना फैलाएको हो।

हितकारी साकोसको स्थानीय संयोजनमा भएको कार्यक्रममा इन्भाईरोमेन्ट प्रोटेक्सन सेन्टर नेपाल प्रालि.का कोसी प्रदेश संयोजक अमर मेचेले बिद्युतीय चुलो प्रयोगको बिषयमा स्थानीयलाई जानकारी गराउनुभएको थियो। उहाँले बिद्युतीय चुलोको बिषयमा बिभिन्न अफवाहहरु फैलिएको भन्दै अफवाहमा आएजस्तो बिद्युतको बिल अत्याधिक नआउने बताउनुभयो। 

antim pic

उहाँले तीन चार जनाको एक परिवारमा इन्डक्सन चुलोमा खाना पकाउने बढिमा महिनाको ५/६सय रुपैँयाको बिल उठ्ने बताउनुभयो। हल्लाको पछि नलाग्न भन्दै मेचेले ढुक्कले इन्डक्सन चुलो प्रयोग गर्न आव्हान गर्नुभयो।

कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्गले गाउँपालिकाका अन्य वडाहरुमा पनि बिद्युतीय चुलो बितरण गर्न इन्भाईरोमेन्ट प्रोटेक्सन सेन्टरलाई आव्हान गर्दै समन्वयमा गाउँपालिका तयार रहेको बताउनुभयो।

tesro pic

इन्भाईरोमेन्ट प्रोटेक्सन सेन्टरले सोमबार(आजै) गाउँपालिका अध्यक्ष मिरिङ्गचिङ्गलाई इन्डक्सन चुलो, सोहि चुलोमा खाना पकाउन मिल्ने प्रेसर कुकर, कराई र डिभाईस जडित बिद्युतीय सकेट प्रदान गर्दै बितरण शुरु गरेको छ।

इन्भाईरोमेन्ट प्रोटेक्सन सेन्टरले उपलब्ध गराएको इन्डक्सन चुलो हितकारी साकोसको समन्वयमा नेपाल बिद्युत प्राधिकरण बेलबारीको अनुमति पश्चात केहि दिनमा नै केराबारीका स्थानीयलाई हस्तान्तरण गरिने हितकारी साकोसका अध्यक्ष कालिका गुरागाँईले केराबारी खबरलाई बताउनुभयो।

dosro pic

सचेतना कार्यक्रममा हितकारी बचत तथा ऋण सहकारी सँस्थाका सल्लाहकार संयोजक खड्गनारायण ढुंगाना, केराबारी गाउँपालिका वडा नम्बर ७का वडा सदस्यहरु शोकबहादुर बस्नेत, रेखा बिश्वकर्मा, सहकारी सँस्थाका कार्यसमिति सदस्यहरु शेयर सदस्यहरु लगायत सहभागी हुनुहुन्थ्यो।