हजारबिघा/ केराबारी ७ ले केराबारीमा सम्पन्न वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। मंगलबार भएको फाईनल खेलमा वडा नम्बर ५लाई ट्राईब्रेकरमा पराजित गरेको हो।

निर्धारित समयमा दुवै समुहबाट गोल नभएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो। ट्राईब्रेकरमा ५–३ ले खेल जित्दै केराबारी ७ ले चौथो केराबारी अन्तर वडास्तरीय पुरुष फुटबलको उपाधि माथी कब्जा जमाउन सफल भएको केराबारी ७ का खेलाडी भुवन बस्नेतले केराबारी खबरलाई जानकारी दिनुभयो।

फाईनलमा च्याम्पियन बनेपछि वडा नम्बर ७ ले ट्रफि,मेडल र प्रमाण पत्रसहित नगद ६०हजार रुपैँया जितेको छ। उपबिजेता बनेको वडा नम्बर ५ले ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।

बिजेता र उपबिजेतालाई गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले पुरस्कार बितरण गर्नुभयो। अन्य बिधाका उत्कृष्ट भएका खेलाडीलाई वडाध्यक्षहरुले नगद १हजार ५सयसहित पुरस्कृत गर्नुभयो। 

केराबारी गाउँपालिकाको सहयोग र केराबारी खेलकुद विकास समितिको आयोजनामा पौष १६गते शुरु भएको प्रतियोगितामा केराबारीका १०वटै वडाका खेलाडीले सहभागिता जनाएका थिए।