डाँगी/ केराबारी ७ स्थित हितकारी बचत तथा ऋण सहकारी सँस्थाले बिभिन्न बिधामा १७ जनालाई सम्मान गरेको छ। सँस्थाको ३१औँ साधारण सभाले उहाँहरुलाई सम्मान गरेको हो।

सँस्थाले जेष्ठ नागरीक तर्फबाट तीनजनालाई सम्मान गरेको छ। जेष्ठ नागरीक तर्फबाट केराबारी ७का पहलमान बिश्वकर्मा, भिमप्रसाद गोले र जसिला राईलाई सम्मान गरेको हो।

यस्तै दुईजना जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा केराबारी ७ का शेयर सदस्य नम्बर ४८१का बलबहादुर क्याप्छाकी मगर र केराबारी ६की शेयर सदस्य नम्बर ५५की रुक्मिणी थापा हुनुहुन्छ।

यसैगरी दुईजना उच्च बचतकर्तालाई सँस्थाले सम्मान गरेको छ। सम्मानित हुनेहरुमा केराबारी ६की शेयर सदस्य नम्बर ३३५की शान्तामाया मगर(बिश्वकर्मा) र केराबारी ७का शेयर सदस्य नम्बर १२८२का नगेन्द्र बुढाथोकी सम्मानित हुनुभएको हो।

त्यस्तै दुईजना उच्च शेयर खरिदकर्ता सम्मानित हुनुभएको छ। सम्मानित हुनुहुनेहरुमा केराबारी ६का शेयर सदस्य नम्बर २४४का जगदिश भण्डारी र केराबारी ६की शेयर सदस्य नम्बर १००३की इन्द्रकुमारी तामाङ्गलाई सँस्थाले सम्मान गरेको हो।

यस्तै सँस्थाले दुईजना छात्रछात्रालाई पनि सम्मान गरेको छ। सम्मानित हुने छात्रछात्रामा केराबारी ६का सुबल तामाङ्ग र केराबारी ७की सानिमाया तामाङ्ग हुनुहुन्छ।

त्यस्तै ६जना उत्कृष्ट ऋणी सम्मानित हुनुभएको छ। सम्मानित हुने ऋणीहरुमा सदस्यता नम्बर ६२९का डिल्लिकेशर खनाल, सदस्यता नम्बर १४९०का शिवकुमारी राई, सदस्यता नम्बर १२का दुर्गाप्रसाद भण्डारी, सदस्यता नम्बर २१६की उर्मिलादेवी मगर, सदस्यता नम्बर ५२९का केदार निरौला र सदस्यता नम्बर १६२०की खिनामाया सार्कीलाई सँस्थाले ३१औँ साधारण सभाका अवसरमा सम्मान गरेको हो। 

उहाँहरुलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग मगर, जेष्ठ नागरिक चुडामणी गिरी, सहकारी समन्वय समिति केराबारीका संयोजक डिल्लिराम अधिकारी, सँस्थाका अध्यक्ष कालिका गुरागाँईलगायतले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभयो।

१६लाख बढि मुनाफा आर्जन

हितकारी साकोसले आर्थिक बर्ष २०७९/८०मा १६लाख ८१हजार २२रुपैँया १३पैसा मुनाफा कमाएको छ। सँस्थाले १करोड ५लाख ८४ हजार ५सय ३१रुपैँया आम्दानी गरेकोमा ८९लाख ३हजार ५सय २९रुपैँया खर्च गरेको छ।

सँस्थाले आगामी बर्ष १करोड ५०लाख १५हजार आम्दानी गर्ने लक्ष्य लिएको सँस्थाका ब्यवस्थापक जगदिश भण्डारीले बताउनुभयो।

साधारण सभामा सँस्थाका अध्यक्ष कालिका गुरागाँईले आर्थिक बर्ष २०७९/८०को बार्षिक प्रतिबेदन पेश गर्नुभयो। यस्तै सँस्थाका सचिव भवानी प्रसाद भट्टराईले आर्थिक बर्ष २०८०/०८१को बार्षिक कार्ययोजना तथा अनुमानित बजेट पेश गर्नुभयो।

सँस्थाका ब्यवस्थापक जगदिश भण्डारीले बित्तिय संरचना २०७९/८०को प्रस्ताबित र आर्थिक बर्ष २०८०/८१को अनुमानित बिवरण पेश गर्नुभयो। यस्तै समितिकी उपाध्यक्ष गिता सुवेदीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा सँस्थाको तर्फबाट सँस्थाका कोषाध्यक्ष मोतिबहादुर सिंजाली मगरले कोषाध्यक्षको प्रतिबेदन र लेखा सुपरिबेक्षण समितिको तर्फबाट संयोजक गुणराज घिमिरेले लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन पेश गर्नुभयो। 

कार्यक्रममा सहकारी समन्वय समिति केराबारीका संयोजक डिल्लिराम अधिकारीले शुभकामना मन्तब्य राख्नुभएको थियो।

सुन्दरपुर डाँगी सडक बनाउने अध्यक्षको प्रतिबद्दता

साधारण सभामा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग मगरले सँस्था स्थापना भएको ३१ बर्ष पुगेकोमा शुभकामना ब्यक्त गर्दै अझ प्रगतिको कामना गर्नुभएको छ। उहाँले सँस्थाको श्रीबृद्दिका लागि गाउँपालिकाले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्दता जनाउनुभएको छ।

फरक प्रसंगमा अध्यक्ष मिरिङ्गचिङ्गले खदम खोला पश्चिमका केराबारीबासीको प्रमुख माग सुन्दरपुर डाँगी सडक कालोपत्रे हुनुपर्ने रहेको हुँदा सडक बनाएरै छाड्ने प्रतिबद्दता दोहोर्‍याउनुभएको छ।

एशियाली बिकास बैँकको आर्थिक सहयोगमा डिपिआर बनेर सर्वे भईसकेर ठेक्का लाग्ने बेलामा रद्द भएको तितो यथार्थ प्रस्तुत गर्दै सडक निर्माण गर्न धेरै रकम लाग्ने हुँदा गाउँपालिकाको बजेटले एकै बर्षमा नधान्ने हुँदा बहुबर्षे बजेट लगाएरै भएपनि आफ्नै कार्यकालमा सडक निर्माण गरेरै छाड्ने बताउनुभयो।

कार्यक्रमका तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस।