केराबारी/ केराबारी गाउँपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले जेष्ठ २८गते मंगलबार (भोलि)केराबारी ८ मा आँखा शिविर सञ्चालन गर्ने भएको हो।

केराबारी गाउँपालिकाले भोलि मंगलबार तिलगंगा आँखा अस्पताल काठमाण्डौ र रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरको प्राबिधिक सहयोग र केराबारी–काठमाण्डौ सम्पर्क समाजको समन्वयमा आँखा शिविर सञ्चालन गर्ने भएको हो।

आँखा रोग विषेशज्ञहरुबाट केराबारी ८ स्थित जेष्ठ नागरिक संरक्षण समितिको भवन (इलाका प्रहरी कार्यालय केराबारी अगाडी) बिहान १०बजे देखी बेलुकी ४ बजे सम्म निःशुल्क आँखा परिक्षण शिविर सञ्चालन गर्ने जनाएको छ।

गाउँपालिकाले एक सुचना जारी गर्दै आँखाको समस्या भएका नागरिकहरुले आँखा परिक्षण गराउन अनुरोध समेत गरेको छ।

suchana