आमजुँगी/ केराबारी ८ स्थित आमजुँगी आधारभुत बिद्यालयका सबै शिक्षकले कुनै पनि दल विशेषको भ्रातृ तथा सुभचिन्तक संघ संस्थामा नरहने घोषणा गरेका छन्। सोमबार उनिहरुले संयुक्त बिज्ञप्ती जारी गर्दै यस्तो घोषणा गरेका हुन्।

उनिहरुले कुनै पनि दल बिशेषको भ्रातृ तथा सुभचिन्तक संघ संस्थामा नरहने घोषणा गर्दै शिक्षकगणको छाता संगठन नेपाल शिक्षक महासंघसँगको आबद्धता तोड्दै सामूहिक राजीनामा समेत दिएका छन्।

संसदमा दर्ता भएको बिद्यालय शिक्षा विधेयकको विरोधमा महासंघको आह्वानमा देशभरका शिक्षकहरु आन्दोलित बनेको तर जिम्मेवारीअनुसारको भूमिका निर्वाह नगरी धोका दिएको उनीहरुले जनाएका छन्।

सकारात्मक भूमिका निर्वाह गर्ने सवालमा गम्भिर नबनेको र सरकारको गुलाम भई निहित व्यक्तिगत स्वार्थमा लिप्त भएर गद्दारी गरेको जनाउँदै उनीहरुले अव उप्रान्त कुनैपनि दलीय संघसंस्थामा आबद्ध नहुने घोषणा गरेका हुन्।

TeachersPressnot

बिज्ञप्तीमा सो बिद्यालयका प्रधानाध्यापकसहित १०शिक्षकको हस्ताक्षर छ।