केराबारी/ मोरङ्गको केराबारी ८ आमजुँङीस्थित मुख्य बाटोमा स्थानीयले ठुला सवारी साधन गुड्न नदिने भएका छन्। स्थानीयको आईतबार बसेको भेलाले यस्तो निर्णय गरेको हो।next

स्थानीय एकता टोल बिकास समुहको आईतबार बसेको भेलाले केराबारी ८ आमजुङीको पिच बाटोमा ठुलठुला गाडीहरु (ट्रिफर, हाईबा) जस्ता सवारी साधनहरु चल्दा पिच बाटो दबिन थालेको, भत्किन थालेको भन्दै गाडीहरु गुड्न नदिने निर्णय गरेको हो। two

यस्तै आमजुङीबासीले र स्कुल समय (बिहान ९ः३० बजे देखि १०बजे सम्म र बेलुका ३ः३०बजे देखि ४ः३०बजेसम्म) बस, टेम्पो,मोटरसाईकल बाहेक अरु गाडीहरुलाई गुड्न नदिने आम भेलामार्फत निर्णय गरेका छन्।