केराबारी/ केराबारी गाउँपालिका ७ मुगुमा रहेको किराँत मन्दिरमा चोरी भएको छ। किराँत मन्दिरमा गएराती ५० हजार रुपैँया बराबरको चोरी भएको हो।
मुहिङगुम अङ्सिमाङ लिङ्गदेन फाल्गुनन्द मिङ्सो माङहिम केराबारी ७ मुगुमा दियो कलस पुजा सेट र २ थान थाल चोरी भएको सेवासावा पुजारी डगलसिङ्ग आङ्ला लिम्बुले हाम्रा स्थानीय सम्बाददाता सन्तहाङ्ग चेम्जोङ्गलाई जानकारी दिनुभयो।
चोरी भएका सामाग्री, तस्विर : सन्तहाङ्ग चेम्जोङ्ग
लिम्बुले चोरीको बिषयमा इलाका प्रहरी कार्यालय केराबारीमा निवेदन दिईसकेको बताउनुभएको छ।