केराबारी/ केराबारी १०स्थित बर्षा चोकमा दुईवटा मोटरसाईकल ठोक्किँदा तीनजना घाईते भएका छन्। बुधबार बेलुका करिव सवा ५बजेतिर को २४ प ६२७५ र प्रदेश १ ०२ ४८प ३२३२ नम्बरका मोटरसाईकल ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाईकल चालकहरु केराबारी १० स्थायी घर भई बेलबारी बस्दै आएका भीम देवान र केराबारी २ का साजन शाही र पैदलयात्री केराबारी गाउँपालिका पशुपन्छी शाखामा कार्यरत कर्मचारी केराबारी १० निवासी पेरुना रसाइली पैदलयात्री घाईते भएका हुन्।

दुर्घटनामा घाईते भएका प्रेम देवानको अवस्था भने अलिक गम्भिर रहेको स्थानीय प्रहरीले जनाएको छ। मोटरसाईकल चालकहरु दुवैजनालाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाएको र रसाईलीलाई स्थानीय स्वास्थ्य सँस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्यत्र लान सुझाव दिईएको बुझिएको छ।

तस्विर साभार : नारायण भुजेलको फेसबुकबाट