केराबारी/ सवारी दुर्घटना न्यूनिकरण गर्नुको साथै सडक अनुशासनको पालना गराउने उद्देश्यले केराबारीका सडकमा ट्राफिक प्रहरीले सचेतनामुलक प्लेकार्डसहित चालकसँग सम्वाद गरेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शुरु गरेको सचेतना मुलक अभियान अन्तरगत केराबारीमा पनि कार्यक्रम गरिएको हो।

सचेतनामुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा उभिएर सचेतना फैलाउने कार्यक्रम बिहिबार शुरु भएको हो।

ट्राफिक नियमको उल्लघंनको कारण बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले शुरु गरेको सन्देशमुलक प्लेकार्ड बोकेर सडकमा उभिने अभियान अन्तरगत केराबारीमा पनि कार्यक्रम गरिएको ट्राफिक पोष्ट केराबारीका प्रमुख प्रहरी हवल्दार खेमराज प्रसाईले केराबारी खबरलाई बताउनुभयो।

two kerabari

आगामी बिहिबार सम्म सञ्चालन हुने सन्देश मुलक प्लेकार्ड बोकेर सडकमा उभिने अभियानले सवारी चालकहरुले ट्राफिक नियमको पालना गराउन सहयोग पुग्ने भन्दै प्रहरी हवल्दार प्रसाईले अभियान एक हप्तासम्म मोरङ जिल्लाभर सञ्चालन हुने बताउनुभयो।

अभियानले ट्राफिक सचेतना बृद्दि हुने भन्दै प्रसाँईले प्लेकार्डमा तीव्र गति जीवन क्षति, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, सवारी चलाउँदा मोवाइल फोनको प्रयोग नगरौँ, उल्लेख भएको जनाउनुभयो।

अभियान अन्तरगत ट्राफिक प्रहरीले चालक र सहचालकलाई सवारी साधन ओभरटेक नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न सचेत गराएको र ‘सामूहिक रुपमा चालक र सहचालकलाई एकैठाउँमा भेला गरेर प्रशिक्षण प्रदान गरेको छ।