केराबारी/ गत माघ महिनामा केराबारी ८ मा सञ्चालित मच्छिन्द्रनाथ मेलाको आयब्यय सार्वजनिक गरिएको छ। मच्छिन्द्रनाथ मेला मुल आयोजक समितिले बुधबार केराबारीमा पत्रकार सम्मेलन गर्दै मेलाको आयब्यय सार्वजनिक गरेको हो।

बुधबार मच्छिन्द्र चोकमा पत्रकार सम्मेलन गर्दै मच्छिन्द्रनाथ मेला मुल आयोजक समिति २०८०का अध्यक्ष प्रेम लिम्बुले मेलामा ९लाख ३४हजार रुपैँया आम्दानी भएको र ६लाख ४६ हजार ७ सय ९० रुपैँया खर्च भएको जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा अध्यक्ष लिम्बुले २लाख ८७हजार २सय १०रुपैँया बचत भएको जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा मच्छिन्द्रनाथ मेला मुल आयोजक समिति २०८०का सचिव संगम कन्दंवाले बचत भएको रकम सामाजिक कार्यमा लगाउने प्रतिबद्दता जनाउनुभएको छ। कन्दंवाले आवश्यकताको आधारमा सामाजिक काममा लगाउने बताउनुभयो।

मच्छिन्द्रनाथ मेला मुल आयोजक समितिले लामो समयदेखि लाग्दै आएको मच्छिन्द्रनाथ मेलालाई निरन्तरता दिन अव गाउँपालिकासँग समन्वय गरेर ठाउँ यकिन गर्ने र सो ठाउँमा बचत भएको रकमबाट सानै भएपनि मच्छिन्द्रनाथको मन्दिर स्थापना गर्ने पनि बताउनुभएको छ।