डाँगी/ केराबारी गाउँपालिकाले सूचना जारी सडकमा पानि नहाल्न अनुरोध गरेको छ। गाउँपालिकाले बुधबार एक सुचना जारी गर्दै मदन भण्डारी राजमार्ग अन्तरगतको केराबारी बजार क्षेत्रमा पानि नहाल्न अनुरोध गरेको हो।

गाउँपालिकाले सुचना जारी गर्दै मदन भण्डारी राजमार्ग अन्तरगत केराबारी वजार खण्डको देउराली चोकदेखि पुर्व शुक्रवारेसम्मको सडकमा पानी हाल्ने काम पुर्ण रुपमा वन्द गर्न सुचना जारी गरेको हो।

गाउँपालिकाले जारी गरेको सुचनामा निर्माणाधिन सडकमा स्थानीयले धुलो नउडोस भनि दैनिकरुपमा पानीहाल्ने गरेको हुँदा कालोपत्रे गर्न नसकिएको भनेर सम्वन्धित निर्माण व्यवसायीले जानकारी गराएको भन्दै कालोपत्रे गर्न सडक पुर्ण रुपमा सुख्खा हुनुपर्ने, पानी हाल्नाले प्राइमकोट गर्न कठिनाइ हुनाले निर्माणाधिन सडकखण्डमा पानी हाल्ने, पानीछेप्ने काम पुर्णरुपमा वन्द गर्न, गराउन भनेको छ।

हेर्नुहोस सुचना:

kera