केराबारी/ मोरङ्गको केराबारी ७ का वडाध्यक्ष खगेन्द्र निरौलाले खोलाको कटान रोक्ने तारजाली लगाउन श्रमदानमा सहभागी हुन अनुरोध गर्नुभएको छ। शुक्रबार सार्वजनिक अपिल गर्दै वडाध्यक्ष निरौलाले श्रमदान गर्न अनुरोध गर्नुभएको हो। 

सम्बन्धित सबै वडावासी र सवै टोल बिकास संस्थाहरुलाई सम्बोधन गरिएको अपिलमा बर्षाका कारण मुगु खोलामा आउने बाढीले खोला किनारमा रहेका केराबारी ६ र ७ का खेतियोग्य जमिन कटान गरी बस्ति समेत बिस्थापित गर्ने देखिएकोले जोखिम न्यूनिकरण गर्न खोला किनारमा तारजाली लगाई आईपर्ने विपद व्यवस्थापन गर्न तारजाली लगाई तटबन्धन गर्नलाई श्रमदान गर्न आउन अनुरोध गर्नुभएको छ।

अनुरोध पत्रमा स्थानीय श्रम संस्कृतिको बिकास गरी जनसहभागिताबाट भाद्र २ गते शनिबार बिहान ११ बजे केराबारी ७स्थित मुगुस्थित करमबोटमा भेला हुन आव्हान गर्नुभएको छ।

kerabari 7