धरान/ हरियाली सामुदायिक वन उपभोक्ता समूह, धरान १९ ले सामाजिक विकास अन्तर्गत बिभिन्न शैक्षिक संस्था र केन्द्रहरूलाई डस्टबिन बितरडस्टबिन बितरण गरेको छ।

सव डिभिजन वन कार्यालय बिष्णुपादुका धरान अन्तर्गतको हरियाली वन समूहले सामाजिक विकास अन्तर्गत बिभिन्न शैक्षिक संस्था र केन्द्रहरूलाई डस्टबिन वितरण गरेको हो।

समूहको सभाहलमा शनिबार एक औपचारिक कार्यक्रम गरी धरान १९को किराँतेश्वर माध्यामिक विद्यालय, हरियाली बाल विकास केन्द्र र बिशाल चेम्जोङ बाल विकास केन्द्रलाई गरेर ७वटा डस्टविन वितरण गरिएको हो।dharan stundent

यसै बर्ष सब डिभिजन वन कार्यालय, बिष्णुपादुका, धरानले किराँतेश्वर माध्यामिक विद्यालयमा गठन गरेको किराँतेश्वर ईको क्लबले विद्यालयको वातावरण सुधार गर्न पहल गरिरहेको सन्दर्भमा हरियाली सामुदायिक वनले विद्यालयलाई प्रदान गरेको डस्टबिनले विद्यालयमा जथाभाबी हुनसक्ने फोहरलाई नियन्त्रण गर्न र विद्यालयमा स्वच्छता प्रवद्र्वन गर्न मद्दत पुग्ने किराँतेश्वर ईको क्लबका संरक्षक समेत रहनुभएका प्रधानाध्यापक पालुङ्वाले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथी सब डिभिजन वन कार्यालय, बिष्णुपादुका, धरानका कार्यालय प्रमुख विक्रम अमात्यले वन कार्यालय, वन समूह र विद्यालय बीचमा आपसी समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो।  भविष्यका कर्णधार विद्यार्थीलाई वन, वातावरणको महत्वलाई बुझाउन सकेको खण्डमा वनको विकास र वातावरणीय सन्तुलन कायम गर्दै स्वच्छ र सफा प्रकृति निर्माण हुन सक्ने र यसका लागि विद्यार्थी वर्गको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। dharan 19

विद्यालय परिसरलाई सधै स्वच्छ र सफा राख्नका लागि हरियाली सामुदायिक वनले डस्टबिन वितरण गरेको प्रति खुशी व्यक्त गर्नुहुँदै अन्य सामुदायिक वनहरूले पनि यस्तै गतिविधि सञ्चालन गर्नका लागि आग्रह समेत गर्नुभयो।

हरियाली सामुदायिक वनले सामाजिक विकास अन्तर्गत प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको र यस बर्ष विद्यालयलाई डस्टबिन वितरण गर्न पाएकोमा समूहका अध्यक्ष झुमादेवी गुरूङले खुशी व्यक्त गर्नुभयो।

कार्यक्रममा किराँतेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक डा.योगेन्द्र पालुङ्वा, शिक्षक अभिभावक संघका अध्यक्ष जसरथ सुब्बा, सहायक प्रधानाध्यापक रोज भुजेल, बाल विकास केन्द्रका सहजकर्ता शिक्षिका, सामुदायिक वनका पूर्व अध्यक्ष, किराँतेश्वर ईको क्लबका बिद्यार्थी, सामुदायिक वनका पदाधिकारी लगायतको उत्साहपूर्ण उपस्थिति थियो।