केराबारी/ केराबारी ८ स्थित मच्छिन्द्र माविमा मनिष सुवेदीको अध्यक्षतामा अनेरास्ववियुको कमिटी गठन गरिएको छ। बुधबार भएको नेकपा एमाले निकट बिद्यार्थी भेलाले सुवेदीको अध्यक्षतामा कमिटि गठन गरेको हो।

सुवेदीको अध्यक्षतामा गठित २५सदस्यीय मावि कमिटिको सचिवमा देवचन्द्र परियार, अनि दुईजना उपाध्यक्षहरु, तीनजना सहसचिवहरु र अन्य सदस्यहरु रहेका छन्। 

नवगठित कमिटिलाई कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु मोरङका सहसचिव सङ्गम कन्दंङवाले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए। 

कार्यक्रममा अनेरास्ववियु केराबारी पालिका कमिटिका अध्यक्ष जोसेफ उराव, खदम क्याम्पस कमिटिका अध्यक्ष सञ्जोग भण्डारी, उपाध्यक्ष नविन बस्नेत, सचिव सार्दुल भट्टराई, सहसचिव सन्देश भण्डारी र अनेरास्ववियुका नेता बिश्वास बस्नेतलगायतको उपस्थिती थियो।