याङ्गशिला/ केराबारीस्थित खदम क्याम्पसमा स्ववियुको हवाला दिँदै गतिविधि जारी राखेमा अनेरास्वबियुले प्रतिक्रिया स्वरुप स्ववियु  स्वःघोषणा गरेर आन्दोलनलाई शसक्त बनाउने चेतावनी दिएको छ। अनेरास्वबियु खदम क्याम्पस कमिटिका अध्यक्ष सञ्जोग भण्डारीद्वारा जारी बिज्ञप्तीमा यस्तो चेतावनि दिईएको हो।

बिज्ञप्तीमा यसबाट उत्पन्न हुने असामान्य परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन स्वयं हुने चेतावनी दिईएको छ।

बिज्ञप्तीमा खदम क्याम्पसमा २०७९ चैत्र ०५ गते तोकिएको स्ववियु निर्वाचन सम्बन्धमा बिद्यार्थी भर्नाको सूचना र निर्वाचन तालिका प्रकाशन नगरी केही व्यक्तिहरुले आफैंले आफैंलाई स्ववियु स्व-घोषणा गरेको बिषय आफैंमा लज्जास्पद, हाँस्यास्पद र अवैधानिक छ भनिएको छ।

अनेरास्ववियु मोरङ्गका सहसचिव संगम कन्दङ्वाले स्ववियु निर्वाचन सम्बन्धमा बिद्यार्थी भर्नाको सूचना र निर्वाचन तालिका प्रकाशन नगरी केही व्यक्तिहरुले आफैंले आफैंलाई स्ववियु स्व–घोषणा गरेको हुँदा सो बिषय आँफुहरुलाई मान्य नभएको भन्दै यसलाई नरोके आउने परिस्थितीको लागि तयार रहन चेतावनि समेत दिएका छन्।

ANNFSU 1