इटहरी/ सुनसरीको इटहरीस्थित पाथिभरा माध्यामिक बिद्यालयले पाथिभरामा सँस्कार शिक्षा नामको पुस्तक बिमोचन गरेको छ। स्कुलका अध्यक्ष निर्मल रिजालले एक कार्यक्रमका बीच पुस्तकको बिमोचन गर्नुभएको हो।

अहिले नैतिक शिक्षाको कमि भईरहेको सन्दर्भमा यो पुस्तक कोसेढुंगा साबित हुने अपेक्षा गरिएको अध्यक्ष रिजालको भनाई छ।

स्कुलमा कार्यरत शिक्षिका सुष्मा ढकालद्वारा लिखित पुस्तकले बिद्यार्थीलाई कसरी सँस्कारी बनाउने भन्ने सिकाईने कार्यक्रममा जानकारी दिईएको छ।

कार्यक्रममा लेखिका ढकालले पुस्तकलाई पाठ्यपुस्तकका रुपमा नभएर सन्दर्भ सामग्रीको रुपमा तयार गरिएको भन्दै यो बिद्यार्थी अनि अभिभावक दुवैले अनिवार्य अध्ययन गर्नुपर्ने बताउनुभयो।

यस्तै स्कुलका प्रधानाध्यापक डा.गोपाल श्रेष्ठले बिद्यार्थीलाई सँस्कारी बनाउन स्कुलले हरसम्भव प्रयत्न गरिरहेको भन्दै अभिभावकले पनि कसरी भूमिका निर्वाह गर्ने भन्ने यो पुस्तक पढिसकेपछि सिकिने बताउनुभयो।

कार्यक्रममा स्कुल सञ्चालक समिति सदस्य चण्डिका भण्डारी, स्कुलका सहायक प्रिन्सिपल बिक्रम घिमिरेलगायतको उपस्थिती थियो।