इटहरी/ इटहरी उपमहानगरपालिकाले आर्थिक बर्ष २०८० /०८१ का लागि २अर्व ३५करोड रुपैँया बराबरको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाकी उपमेयर संगिता चौधरीले आईतबार बजेट सार्वजनिक गर्नुभएको हो।
इटहरी उपमहानगरपालिकाले सार्वजनिक गरेको बजेटका प्रमुख कार्यक्रममा कोसी राजमार्ग अन्तरगत इटहरीको मुख्य बजार क्षेत्र भित्र बिराटनगर लाईनमा एउटा र धरान लाईनमा अर्को गरेर दुईवटा आकाशे पुल निर्माण गर्न बजेट विनियोजन गरेको छ।
यस्तै उपमहानगरले ६वटा विद्युतीय बस खरिद गरि नगर बस सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छ।
इटहरीबासीको लागि २ वटा एम्बुलेन्स खरिद गरि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न बजेट विनियोजन गरेको छ।
यसैगरी इटहरीको मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेंग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट (हरित पार्क) निर्माण गर्न बजेट बिनियोजन गरेको छ।
इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण एमआरआई, सिटि स्क्यान, भिडियो एक्सरे तथा आईसियु भेण्टिलेटरसहितको शल्यक्रिया कक्ष निर्माण गरि सेवा सञ्चालन गर्न बजेट बिनियोजन गरेको छ।
सबै सामुदायिक विद्यालयमा सिसिटिभी तथा इ-हाजिरी जडान गरि बिद्यालयका शैक्षिक गतिविधिहरुलाई अवलोकन तथा निगरानी गर्न उपमहानगरपालिकामा एक बिशेष अवलोकन कक्ष निर्माण गर्ने भएको छ।
यस्तै सहरका सबै खाल्डाखुल्डी पुर्न इन्फ्रास्ट्रक्चर एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याउने भएको छ।