इटहरी/ सुनसरीको इटहरीमा आफ्नो बुबाको मृत्युपश्चात तीनजना छोरीले हिन्दू संस्कार अनुसार बुढीगंगा मुक्ति घाटमा बुबाको दाहसंस्कार गरेका छन्। इटहरी १७ का रमिला, मन्दिरा, इन्दिरा खड्काले बुबाको शवमा दागबत्ती दिएका ह्न।

साउन २५गते साँझ इटहरी १७का ५४ बर्षीय ह्वाङ बहादुर खड्कालाई सिटि सफारीले ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाईते भएका खड्काको उपचारका लागि धरानस्थित बिपिकोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लाँदै गर्दा निधन भएको थियो।

छोराले मात्रै क्रिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै रमिला, मन्दिरा, इन्दिरा खड्का बुबाको कृया बसेका हुन्। समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै इटहरी १७ का उनिहरु अहिले बुबाको आशौच बार्दै बसेका छन्।

समाजले काजक्रियाका लागि छोरा नै हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको छ भने छोरा नहुनेको हकमा घरभित्रकै नजिकको व्यक्तिलाई क्रिया गर्न लगाउने गरेको थियो। खड्का परिवारमा छोराहरुले बुवाको क्रिया बस्ने अठोट लिएपछि पारिवारिक सल्लाहमा संस्कार पूरा गर्ने जिम्मेवारी छोरीहरुलाई दिइएको हो।

-सुरेश बस्नेतको सहयोगमा