इटहरी / नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने काम आजदेखि शुरु भएको छ। भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाउन आजैदेखि औपचारिक रुपमा शुरु गरेको हो ।
इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले आफैले नक्सा बनाउन शुरु गरेको बताउनुभयो ।
मेयर पौडेलले नक्सा उपमहानगरपालिकाले नै बनाइदिने भन्दै, सेवाग्राहीले ‘आज साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन्’ भन्नुभयो।
भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरूक बनाउन उपमहानगरपालिकाले नै चाहे अनुसारको नक्सा बनाइदिन लागेको मेयर पौडेलको भनाई छ।
‘प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो पर्यो’ भन्ने गुनासो आएको भन्दै उहाँले ‘अव हामी आफै जनताले चाहे अनुसारको नक्सा बनाइ दिन्छौ’भन्नुभयो।