केराबारी/ मोरङ्गको केराबारीमा ७दिने मल्टिमिडिया पत्रकारिता तालिम समापन गरिएको छ। केराबारी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमको आईतबार समापन गरिएको हो।

नेप्लि मिडिया प्रा.लि.इटहरीको आयोजना र एटिएन मिडिया प्रा.लि.इटहरीको संयोजनमा केराबारी गाउँपालिका वडा नम्बर ७ स्थित जनता सामुदायिक बन उपभोक्ता समुहको कार्यालयमा सञ्चालन गरिएको तालिममा केराबारी गाउँपालिका भरका ३५जना सहभागी थिए।

multimedia-talim-kerabari01

तालिम उपलब्धिम्लक रहेको भन्दै प्रशिक्षार्थीले यस्ता किसिमका तालिमको एडभान्स कोर्ष लिन पाए अझ लाभान्वित हुने बताएका छन्। मल्टिमिडिया तालिमले भिडियो सम्पादन एवं तस्विर सम्पादनमा आँफुहरुमा अझ निखार आएको प्रशिक्षार्थीहरुको भनाई थियो।

तालिमको समापनको अवसरमा एटिएन मिडिया प्रा.लि.का अध्यक्ष त्रिलोचन पौडेलले गाउँपालिकाले आवश्यकता महशुस गरे यस तालिमको एडभान्स कोर्ष सिकाउन आँफुहरु इच्छुक रहेको बताउनुभयो।

multimedia-talim-kerabari02

तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष सुमन मिरिङ्गचिङ्गले प्रशिक्षार्थीहरुबाट माग भएको खण्डमा गाउँपालिकाले एडभान्स तालिमको लागि बजेट बिनियोजन गर्न तयार रहेको बताउनुभयो।

उहाँले यूवालाई स्वरोजगार बनाउन आँफु ब्यक्तिगत रुपमा नै तयार रहेको भन्दै यो तालिमको एडभान्स कोर्ष लिने भए गाउँपालिकामा निवेदन दिन आग्रह समेत गर्नुभयो।