डाँगी/ केराबारी ७ स्थित डाँगी बहुद्देशीय सहकारी सँस्थाको ३६औँ साधारण सभाले चन्द्रबहादुर कार्कीलाई पुनः अध्यक्षमा चयन गरेको छ। शनिबार भएको साधारण सभाले कार्कीलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।

यस्तै सँस्थाको उपाध्यक्षमा कृष्णमाया गुरागाँई(पौडेल) चयन हुँदा सचिवमा साबित्रा तिम्सिना(घिमिरे) चयन हुनुभएको छ। यस्तै सहसचिवमा डुगेन्द्र न्यौपाने चयन हुँदा कोषाध्यक्षमा पुण्डरी सुबेदी चयन हुनुभएको छ।

यस्तै सँस्थाको सदस्यहरुमा दलबहादुर थापा, शंकर सुबेदी, नारायण गिरी, जमुनादेबी कार्की(भण्डारी), कमलशोभा राई र मिनप्रसाद घिमिरे चयन हुनुभएको छ।

यसैगरी लेखा सुपरिबेक्षण समितिको संयोजक अग्निप्रसाद घिमिरे र सदस्यहरुमा गिता बराल(पौडेल) र जितेन्द्र कटवाल चयन हुनुभएको डाँगी बहुद्देशीय सहकारी सँस्थाका ब्यवस्थापक टिका घिमिरेले केराबारी खबरलाई बताउनुभयो।