बिराटचोक/ मोरङ्गको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसले बिश्वबिद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायान  (Quality Assurance and Accreditation - QAA) प्राप्तिका लागि तीब्रता दिएको छ। सोमबार बिहान क्याम्पसमा सञ्चालक समिति अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा बृहत भेलाले QAAका लागि छलपल गरेको हो।

छलफलमा क्याम्पस सञ्चालक समिति सदस्यहरु, लेखा समितिका सदस्यहरु, पुनरावेदन समितिका सदस्यहरु, सल्लाहकार समितिका सदस्यहरु, सञ्चालक समितिका पूर्वअध्यक्षहरु, पूर्वक्याम्पस प्रमुखहरु, पूर्वबिद्यार्थी समाजका पदाधिकारी एवं सदस्यहरु, छात्रवृत्ति प्रदान गर्ने संघ संस्थाका प्रतिनिधिहरु अभिभावकका प्रतिनिधिहरु शिक्षक एवं कर्मचारीहरु उपस्थित भएको जानकारी सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिनुभयो।

chalphal 2

भेलामा QAA फोकल पर्सन तथा स्वमूल्यांकन समितिका संयोजक उपप्राध्यापक नरप्रसाद भण्डारीले गुणस्तर सुनिश्चितता प्रत्यायान  (Quality Assurance and Accreditation - QAA) का बिषयमा प्रष्ट्य्राउनुभयो। त्तब्ब् भनेको शैक्षिक‚ भौतिक‚ आर्थिक‚ पाठ्यक्रम‚  पठनपाठन‚ शिक्षण विधि‚ बिद्यार्थी मूल्यांङ्कन‚ बिद्यार्थीको नतिजा‚ अनुसन्धान‚ प्रकाशन‚ बिद्यार्थी कल्याण‚ पथप्रदर्शन‚ रोजगारी स्थापना‚ प्रतिभाको पहिचान तथा बिकास‚ सामाजिक सम्बन्ध जस्ता बिषयमा क्याम्पसमा गुणस्तर कायम छ र क्याम्पसले गुणस्तर सुनिश्चित गर्न सक्नेछ भनी बिषयबिज्ञबाट क्याम्पसका सबै गतिविधिको मूल्यांकन गरी प्रमाणपत्र प्राप्त गर्ने एउटा महत्वपूर्ण कार्य भएको र यसका लागि हालसम्म क्याम्पसले गरेका कृयाकलापहरु बिषयमा भण्डारीले प्रष्ट पार्नुभएको थियो।

कार्यक्रममा भण्डारीले क्याम्पसको भौतिक अवस्था‚ बिद्यार्थी संख्या‚ उत्तीर्ण प्रतिशत‚ तह पार गर्ने बिद्यार्थीको संख्या‚ बिद्यार्थीलाई प्रदान गरेका सुविधा‚ शिक्षक तथा कर्मचारीहरूको कार्यबिभाजन‚ क्याम्पसको सरसफाई‚ सामाजिक सम्बन्ध बिस्तारका लागि गरेका कामहरू‚ अनुसन्धानका कामहरू‚ प्रकाशन‚ गुनासो व्यवस्थापन‚ क्याम्पसका नीतिगत व्यवस्था आदि विषयमा क्याम्पसले गरेका अभ्यासहरु बिस्तृत बिवरणसहित भविश्यमा क्याम्पसको कार्यदिशा समेत प्रस्तुत गर्नुभएको थियो।

sir 2

सो कार्यक्रममा सहभागीहरूले क्याम्पसका बिभिन्न बिषयमा जिज्ञासा राख्दै प्रश्नोत्तर कार्यक्रम समेत सञ्चालन गरिएको थियो। QAA भनेको गुणस्तरको ब्राण्ड हो र गुणस्तरयुक्त छ भनि दिईने प्रमाणपत्र हो र यस्तो ब्राण्ड वा प्रमाणपत्र जुनसुकै शैक्षिक संस्थाले प्राप्त गर्न नसक्ने दृष्टान्तहरू प्रस्तुत गरेका थिए ।

 sir 3

कार्यक्रममा पूर्वक्याम्पस प्रमुख पीतकुमार श्रेष्ठले क्याम्पसको विकास र विस्तारका लागि अपनाउनु पर्ने रणनीतिहरूका विषयमा सुझावहरू प्रस्तुत गर्नुभएको थियो। क्याम्पसका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईँले क्याम्पसले अव स्वायत्तताका कार्यक्रमहरु चलाउनुपर्ने र यसका लागि अपनाउनु पर्ने उपायहरु सुझाव दिनुभएको थियो। सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले क्याम्पसले प्राविधिक धारका शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेमा नगरपालिकाले भौतिक‚ आर्थिक र प्राबिधिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।

sir

कार्यक्रममा सहभागीहरुलाई क्याम्पस प्रमुखले स्वागत गर्दै सहभागीहरुबाट प्राप्त भएका सुझावहरुलाई क्याम्पसले ग्रहण गर्ने र तीनै सुझावका आधारमा आवश्यक नीति तथा कार्यक्रम तयार गर्ने बचनबद्धता जाहेर गरेका थिए। कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख एवं अनुसन्धान ईकाइका प्रमुख गणेशप्रसाद दाहालले गर्नुभएको थियो। कार्यक्रममा जम्मा १ सय ७५ जनाभन्दा बढि सहभागी भएका थिए।