सुन्दरहरैँचा/ राष्ट्रिय युवा संघ मोरङको नवौ जिल्ला अधिवेशनले प्रविन घिमिरेको अध्यक्षतामा ८३ सदस्यीय कमिटि सर्वसम्मत चयन गरेको छ। शनिबार सुन्दरहरैंचामा सम्पन्न अधिवेशनले घिमिरेको अध्यक्षतामा कमिटी सर्वसम्मत चयन गरेको हो ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको अधिबेशनले उपाध्यक्षमा मजर आलम, सचिवमा विवेक भुजेल, सह–सचिवमा इन्द्र श्रेष्ठ र रेशम मगर यस्तै कोषाध्यक्षमा बिपना बुढाथोकी चयन गरेको छ।

नवगठित कमिटिलाई राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य रामलाल साह, नेकपा एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेललगायत उपस्थित थिए।