सुन्दरहरैँचा/  देश कै अग्रणी बिद्यार्थी संगठन अनेरास्ववियुको सुकुना बहुमुखी क्याम्पस कमिटिको अध्यक्षमा योगेश दाहाल निर्वाचित भएका छन्। आईतबार निर्वाचनमार्फत दाहाल नेतृत्वमा नयाँ कमिटि चयन गरिएको हो।

आइतबार भएको क्याम्पस कमिटिको २४ औं सम्मेलनबाट ५१ सदस्यीय कमिटिको अध्यक्षमा दाहाल निर्वाचित भएका हुन्। अध्यक्षमा दाहालले २९ मत ल्याएर बिजयी हुँदा उनका प्रतिद्वन्दी टिकाराम घिमिरेले १७ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा सन्नी शाह ३४मत र एलिशा गौतम २७मत ल्याएर निर्वाचित भए। दुई उपाध्यक्षका लागि तीनजना प्रतिस्पर्धामा थिए ।

यस्तै सचिवमा रेमन श्रेष्ठ २४ मत ल्याएर विजयी हुँदा श्रेष्ठका प्रतिद्वन्दी नवराज दाहालले २२ मत प्राप्त गरे।

५१ सदस्यीय कमिटी घोषणा गरेपनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा आकांक्षी बढि हुँदा चयन हुन सकेको थिएन। कोषाध्यक्ष र सहसचिव भने सर्वसम्मत चयन भएको अनेरास्ववियु मोरङ जिल्ला कमिटीका सहसचिव नविन पहाडीले बताएका छन्।

सुयोग भण्डारी, गिरिस मिश्र, सञ्जु भण्डारी र सुदिप लोहोरुङ्ग राई सहसचिव चयन हुँदा सुप्रिया रिसाल कोषाध्यक्ष चयन भएकी हुन्।