डाँगी/ मदन भण्डारी राजमार्ग अन्तरगतको केराबारी खण्डस्थित खदम खोला पुल उत्तर चुरेक्षेत्रबाट ढुंगा चोरीको क्रम बढेको भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन्। स्थानीय ट्याक्टर ब्यवसायीले खदम खोला पुल उत्तर तटबन्ध गरेको जाली नै काटेर ढुंगा चोरी गर्न थालेपछि स्थानीयले चिन्ता ब्यक्त गरेका हुन्।

खोलामा भएका ढुंगा त चोर्ने त स्वभाबिकै थियो, बाढि नियन्त्रणका लागि खोला किनारमा बाँधिएको तारजाली नै काटेर ढुंगा चोर्न थालेपछि खदम खोलाले कुलो पैनि नै खतरामा पारेको स्थानीयले बताएका छन्।

ट्याक्टर ब्यवसायीहरुलाई जाली छेउछाउ ढुंगा नटिप्न स्थानीयले आग्रह गर्दा ब्यवसायीहरुले हप्कीदप्की गर्ने गरेको बताएका छन्।

चुरे संरक्षित क्षेत्रमा ढुंगा संकलन गर्न नपाईने भएपछि स्थानीय ट्याक्टर ब्यवसायीले दादागिरी देखाउने गरेको संरक्षणमा चासो देखाउने स्थानीयको भनाई छ।

subhakamana