केराबारी/ बिश्व खाद्य दिवसको अवसरमा केराबारी गाउँपालिकाको कृषि शाखाले  सोमबार कृषि मेला प्रदर्शनीमा गर्‍यो। प्रदर्शनीमा कृषकहरुको उल्लेख्य सहभागिता थियो।

गाउँपालिकाको कृषि तथा सहकारी शाखाले केराबारी १०स्थित मंगलबारे हटियामा केराबारी गाउँपालिका भित्र के कस्ता उपज उत्पादन हुन्छ सो बारे जानकारी दिन, किसानलाई कृषि प्रति उत्प्रेरणा जगाउन, कृषकलाई अरुको भन्दा अब्बल उत्पादन गर्ने उद्देश्यले प्रतियोगि भावना जगाउन गरिएको कार्यक्रममा उत्कृष्ठ ठहरिएका ३०जना कृषकलाई पुरस्कृत पनि गरेको थियो।

सोमबार नै उत्कृष्ट कृषक तथा कृषि उद्यमीका रुपमा केराबारी १का प्रेमबहादुर राई, केराबारी २का पालसिंह लिम्बु, केराबारी ७ का डम्बरु बराल, केराबारी ३का सूर्यबहादुर तामाङ्ग, र केराबारी ९का बिक्रम पण्डितलाई पुरस्कृत गरिएको थियो। उनिहरुले जनहि नगद पाँचहजारसहित पुरस्कृत गरिएको थियो।

सोमबार गाउँपालिका स्तरीय “केराबारी गाउँपालिकामा खाद्य सुरक्षाको अवस्था र कृषिको व्यवसायिक सम्भावना” बिषयक खुल्ला बक्तित्वकला प्रतियोगिता पनि गरिएको थियो। प्रतियोगितामा केराबारी ९का प्रकाश राई प्रथम, केराबारी १०कि निशा पौडेल द्वितीय, केराबारी ५का कुमार बिश्वकर्मा तृतीय भएका छन्। उनिहरुलाई गाउँपालिकाले क्रमश नगद ५हजार, ४ हजार र ३हजार नगदसहित पुरस्कृत गरेको छ।

प्रदर्शनीमा केराबारीका बिभिन्न वडाका कृषकहरुले उत्पादन गरेका तरकारी, खाद्यान्न बालि, नगदे बाली, फलफुल, दलहन तेलहन बालि, ब्यवसायीक किट(मौरी, च्याउ) औधोगिक बालि एवं अन्यबालि प्रदर्शनमा राखेका थिए।

प्रदर्शनीमा राखिएका बालिहरुको बालि स्वस्थताको आधारमा, बजारको आवश्यकता रुची, ब्यवसायिक सम्भावित बालि रंग आकार प्रकार, प्राविधिकहरुको स्वमुल्यांकन र स्थानीय जातको प्रवर्धनका आधारमा मुल्यांकन गरेर पुरस्कृत गरिएको थियो। प्रदर्शनीमा खाद्यान्न बाली समूहबाट ईन्द्र लक्ष्मी कृषि फर्म केराबारी २ प्रथम हुँदै नगद रु ४हजार जितेको छ। यस्तै केराबारी १०का जय बहादुर सार्की द्वितीय हुँदै नगद रु ३हजार जितेका छन्। केराबारी १०की भक्तीमाया राई तृतीय हुँदै नगद रु २ हजार जितेकी छन्। यसैगरी केरावारी ९को नमुना शन्तानेश्वर कृषक समूह सान्त्वना हुँदै नगद रु १हजार जितेको छ।

यस्तै फलफूल बालि तर्फ केराबारी १०का प्रकाश तामाङ्गले प्रथम हुँदै रु ४हजार जित्दा केराबारी २का शेरबहादुर राई द्वितीय भएर ३हजार जिते भने केरावारी ४ यमबहादुर राई तृतीय भएर नगद रु ३हजार जित्दा केराबारी ४का नैनबहादुर लिम्बु सान्त्वना भएर नगद रु १हजार जिते।

त्यस्तै तरकारी बाली समुहबाट केराबारी १का लिलाबहादुर मगर प्रथम हुँदै नगद रु ४हजार जित्दा केराबारी ७का डुगेन्द्रप्रसाद न्यौपाने द्वितीय भएर नगद रु ३हजार जीते भने केराबारी १का तिलक बहादुर राई तृतीय भएर नगद रु २हजार जित्दा सान्त्वना भएर केराबारी २की शुशिला बुढाथोकीले नगद रु १हजार जितिन।

यसैगरी दलहन/तेलहन बाली तर्फबाट केराबारी १०का जयबहादुर सार्की प्रथम हुँदै नगद रु ४हजार जिते भने केराबारी ७ का डम्बरुप्रसाद बराल द्वितीय भएर नगद रु ३हजार जिते। यस्तै केराबारी ५की फूलमाया मगर तृतीय भएर नगद रु २हजार जितिन भने केराबारी ४का युसेहाङ लिम्बु सान्त्वना भएर नगद रु १हजार जिते।

यस्तै नगदे बाली तर्फबाट केराबारी ३का सूर्य बहादुर तामाङ प्रथम भएर नगद रु ४हजार जिते भने केराबारी १का इन्द्रबहादुर मगर द्वितीय भएर नगद रु ३हजार जिते। त्यस्तै केराबारी २ का शेरबहादुर राई तृतीय भएर नगद रु २ हजार जिते भने केराबारी ९का बलबहादुर बिष्ट सान्त्वना भएर नगद रु १हजार जिते।

त्यस्तै औधोगिक बालि तर्फबाट केराबारी २का डम्बर लावती प्रथम हुँदै नगद रु ४हजार जिते भने केराबारी २का लालबहादुर लिम्बु द्वितीय हुँदै नगद रु ३हजार जिते। यस्तै केराबारी ५का गोबिन्द श्रेष्ठ तृतीय हुँदै नगद रु २हजार जिते भने केराबारी ९का बिक्रम पण्डित सान्त्वना हुँदै नगद रु १हजार जिते।

व्यवसायिक किट तर्फबाट केराबारी ७ का ज्ञानु राई प्रथम हुँदै नगद रु ४हजार जिते भने केराबारी १०का टंकबहादुर बस्नेत द्वितीय हुँदै नगद रु ३ हजार जिते।

अन्य बाली तर्फबाट केराबारी २का सूर्यमान लिम्बु प्रथम हुँदै नगद रु ४हजार जिते भने केराबारी ६का नरबहादुर विश्वकर्मा द्वितीय हुँदै नगद रु ३हजार जिते। यस्तै केराबारी १का लिलाबहादुर मगरले तृतीय हुँदै नगद रु १हजार जित्दा केराबारी ७का मोहनप्रसाद बराल तृतीय हुँदै नगद रु १हजार जिते।

उल्लेखित पुरस्कार रकममा नियम अनुसार २५प्रतिशत कर कट्टि गरिएको कृषि शाखा प्रमुख बास्तोलाले केराबारी खबरलाई बताउनुभयो।

प्रदर्शनीमा राखिएका बालिहरुको मोरङ्गको कानेपोखरी गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेल, लेटाङ्ग नगरपालिकाका कृषि शाखा प्रमुख करण श्रेष्ठ र उर्लाबारी नगरपालिकाका कृषि प्राविधिक रोशन रणपालले मुल्यांकन गरेका थिए।

आगामी बर्ष पशु अनि घरेलु तथा लघु उद्यमलाई पनि प्रदर्शनीमा सहभागी गराउने तथा कृषिमा आधुनिकिकरणको मोडल फार्मको प्रदर्शनी गर्ने कृषि शाखाका अधिकृत टेकप्रसाद बास्तोलाले बताउनुभयो।