डाँगी/ केराबारीमा हुन लागेको कृषि मेला प्रदर्शनीमा भाग लिन कृषि शाखाले सुचना जारी गरेको छ। गाउँपालिकाको कृषि शाखाले गर्न लागेको कृषि मेला प्रदर्शनीमा भाग लिन बुधबार सुचना जारी गरेको हो।

गाउँपालिकाले जारी गरेको सुचनामा कृषि तथा सहकारी शाखाको चालु आर्थिक बर्ष २०८०/०८१ को स्विकृत कार्यक्रम कृषक दिवस (कृषि मेला प्रदर्शनी तथा उत्कृष्ट कृषक तथा कृषि उद्यमी पुरस्कृत) कार्यक्रम अनुसार बिश्व खाध्य दिवसको अवसर पारेर यही मिति २०८०/६/२९ गते सोमबार केराबारी गाँउपालिका वडा नम्बर १० हाटखोलामा रहेको मङ्गलबारे बजारमा केरावारी गाँउपालिका स्तरिय कृषि मेला प्रदर्शनी कार्यक्रम गर्ने जनाएको छ।

सुचनामा मेला प्रदर्शनीमा कृषकले उत्पादन गरेका फसलहरुसहित उपस्थित हुन अनुरोध गरेको छ। 

प्रदर्शनीमा खाध्यान्न बाली, तरकारी बाली, फलफुल बाली, दलहन / तेलहन बाली, व्यावसायिक किट (मौरी, च्याउ, रेसम), नगदे बाली (अदुवा/अलैची/बेसार/उखु), औधोगिक बाली (चिया/कफि/सुपारी), अन्य बाली (कन्दमुल तथा अन्य कृषकले उत्पादन गरेका केराबारीमा उत्पादन हुने बालीहरु) लगायतका कृषि बालिको ८बाली समुहमा प्रदर्शन गराईने जनाएको छ।

कृषि उत्पादन केराबारी गाँउपालिका भित्रै उत्पादन भएको हुनुपर्ने भन्दै गाउँपालिकाले बाहिरको उत्पादन प्रदर्शनीमा समावेस गर्न नपाईने यदि समावेस गरेको थाहा हुन आएमा त्यस्ता उपजहरुलाई प्रदर्शनीको मुल्यांकनमा समावेस नगराईने भनेको छ।

प्रदर्शनीमा समावेस गरिने बाली ल्याउदा सम्भव भए सम्म जरा सहितको पुर्ण बोट ल्याउनु पर्ने, फल मात्रै ल्याउँदा पातसहित भेट्ना भएको झुप्पा तथा अवस्था तथा प्रकृति हेरी हाँगा ÷ डालीसहित ल्याउनु पर्ने गाउँपालिकाले भनेको छ।

उत्कृष्ठ छनौटमा उपजको व्यवसायिकता तथा उपभोक्ता ले बढि रुचाईने साईजलाई समेत ख्याल राखिने भएकाले सो बिषयलाई पनी ध्यान दिनुपर्ने गाउँपालिकाले भनेको छ।

यस्तै प्रदर्शनी बाहेक गाँउपालिकाले तोकेको स्थलमा थप आ–आफ्ना उपज बिक्री गर्न समेत पाईने भनेको छ। सुचनामा समावेस गरिए बमोजिम प्रदर्शनीमा समावेस गरिएका प्रत्येक ८ समुहका फसलहरुलाई मुल्याङ्कन समितिबाट मुल्याङ्कन गरी प्रत्येक समुह बाट प्रथम, दितिय, तृतिय र सान्त्वना गरी पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ।

पुरस्कार राशि गाँउपालिकाले तोके बमोजिम हुने भन्दै सुचनामा प्रदर्शनीमा सहभागी हुन ईच्छुक किसानहरुले असोज २९ गते सोमबार बिहान १०बजे भित्र तोकिएको ठाउँमा बाली तथा उपज पुयाएर प्रदर्शनका लागि दर्ता गराउन भनेको छ।

kerabari suchana 1