डाँगी/ केराबारी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले मंगलबार पेनडाउन गरेका छन्। काठमाण्डौमा आन्दोलित स्थानीय तहका कर्मचारीहरुलाई प्रहरीले दमन गरेको भन्दै केराबारीमा कार्यरत कर्मचारीले पेनडाउन गरेका हुन्।

कार्यालयको मुल गेटमा कर्मचारीहरु कार्यालय खुले लगत्तै  धर्नामा बसेका थिए। कालो ब्यानरका साथ उपस्थित उनिहरुले पेनडाउन गर्दा गाउँपालिकाको सेवाप्रवाह अवरुद्द भएको थियो।

karmachari

संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरु संघीय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतीको परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनु पर्ने, विना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने, समायोजनका कर्मचारीहरुको (सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी) उचित व्यवस्थापन गरिनुपर्ने मागसहित आन्दोलित छन्।

यस्तै तीनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीहरुलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनुपर्ने, जुनसुकै तहमा वहाल रहेको कर्मचारीलाई तीनैतहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने, स्थानीय सेवाका कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्नेलगायतका माग खघि सार्दै आन्दोलनमा छन्।

आन्दोलनमा रहेका कर्मचारीहरुलाई सोमबार संघीय राजधानी काठमाण्डौमा प्रहरीले दमन गर्दा कर्मचारीहरु घाईते भएको भन्दै केराबारी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले पेनडाउन गरेको कृषि शाखा प्रमुख टेकप्रसाद बास्तोलाले पूर्वीखवरलाई बताउनुभयो।

IMG_1910IMG_1913IMG_1915