केराबारी/ मदन भण्डारी राजमार्ग अन्तरगत खदम खोला खण्डमा बृक्षरोपण गरिएको छ। मोरङ्गको केराबारी ७ स्थित खदम खोलाको पश्चिम किनारमा केराबारी गाउपालिका वडा नं ६ र ७ को आयोजनामा बृक्षरोपण गरिएको हो।suman

शनिबार बिहान केराबारी गाँउपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग समेतको उपस्थितीमा खदम खोलाको पुल पश्चिम तर्फ सडकको दुबै तर्फ दुई प्रजातिका शिरिष रोपिएको केराबारी ६का वडा सदस्य गोपाल बस्नेतले बताउनुभयो।biruwa ropdai

श्रमदान मार्फत दुई प्रजातिका शिरिष रोपिएको जनाउँदै बस्नेतले कार्यक्रममा जनप्रतिनिधिहरु, नागरिक समाज, संघ सँस्थाको प्रतिनिधिलगायतको उपस्थिती थियो।biruwa 1

one-सन्तहाङ्ग चेम्जोङ्ग