डाँगी/  माघ ४ गतेदेखि ९ दिने ऐतिहासिक तथा धार्मिक मच्छिन्द्रनाथ मेला लाग्ने भएको छ। मच्छिन्द्रनाथ मेला मुल आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरेर मेलाको बारेमा जानकारी गराएको हो।

केराबारीको ऐतिहासिक पहिचान बनाएको मचिन्द्रे मेला (मच्छिन्द्रनाथ मेला) लामो समयदेखी लाग्दै आएतापनि माओबारी द्वन्द्वको कारण अनि संकटकालको अवस्थामा बन्द भएको थियो। देशमा शान्ति स्थापना भएपछि फेरी केहि बर्षयता केराबारीको ऐतिहासिक पहिचान लाई निरन्तरता दिईदै आएको छ।

केराबारी गाउँपालिकाको सहयोगमा सञ्चालन हुने मच्छिन्द्रनाथ मेलाले स्थानीय स्तरमा उत्पादित कृषि बस्तुको प्रस्तुति गर्ने, स्थानीय स्तरका बिभिन्न जातजातिका झाँकी प्रस्तुत गर्ने राष्ट्रिय स्तर तथा स्थानीय स्तरका कलाकारको प्रस्तुति प्रस्तुत गर्ने, स्थानीय व्यवसायीको व्यवसायमा सकारात्मक परिवर्तन गर्ने र स्थानीय स्तरमा रहेका प्रतिभाहरूको प्रस्फुटन गर्ने उदेश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।

मेला घुम्न आउनेहरुलाई मनोरञ्जन प्रदान गर्न दैनिक रुपमा दिवा सत्रका कार्यक्रममा स्थानीय प्रतिभाहरुको प्रस्तुति, बिभिन्न जातजातिको झाँकी, बिभिन्न प्रतियोगितात्मक खेलहरू सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। यस्तै रात्रीकालीन कार्यक्रममा दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने जनाईएको छ।

यस्तै मेलाका स्टलहरूमा स्थानीय कृषि तथा गैर कृषि वस्तुहरूको प्रदर्शनी, बिभिन्न जातजातिको मौलिक खानाको परिकार, बच्चाहरूको खेल सामाग्रीहरू, बयस्कहरुका लागी पिङलगायतका खेलहरु सञ्चालन गरिने पत्रकार सम्मेलनमा जनाईएको छ।

एटिएन मिडिया प्रा.लि.द्वारा सञ्चालित केराबारी खबरको सह प्रकाशन पूर्वीखबर अफिसियल मिडिया रहेको मेलाको अनुमानित खर्च साढे ९लाख खर्च हुने पत्रकार सम्मेलनमा मच्छिन्द्रनाथ मेला मुल आयोजक समितिले जनाएको छ।

मेलालाई प्रभावकारी एवं ब्यवस्थित गर्न बिभिन्न उप समितिहरू समेत निर्माण गरेर सल्लाहकार समितिको सल्लाह अनुसार सुरक्षा निकायसँग समन्वय गरिने समितिले जनाएको छ।

(यसअघि समाचारमा मच्छिन्द्रनाथ मेला मुल आयोजक समिति हुनुपर्नेमा भुलबश अन्यथा पर्न गएकोमा सच्याईएको छ-सम्पादक)

थप जानकारी भिडियोमा 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।