केराबारी/ केराबारी गाउँपालिकाले अवैध ढंगले करेन्ट तथा हानिकारक बिषाधि प्रयोग गरी माछा मार्ने कार्य तुरुन्त बन्द गर्न अनुरोध गरेको छ। आईतबार गाउँपालिकाले सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो।

यसरी माछा मार्नु कानुन बिपरित भएको भन्दै गाउँपालिका क्षेत्रभित्रका खदम खोलालगायत बिभिन्न खोलामा बिद्युतीय करेन्ट तथा बिषाधिको प्रयोग गरी माछा मार्ने काम बिभिन्न ब्यक्ति तथा समूहवाट हुनेगरेको भनि जनगुनासो आएको जनाएको छ, 

गाउँपालिकाले खोलानालामा करेन्ट तथा बिषाधीको प्रयोग गरि माछा मार्ने, मार्न लगाउने काम प्रचलित कानुनले निषेध गरेको र दण्डनीय किषय भएको हुँदा यस्तो गतिविधिलाई पुर्णरुपमा वन्द गर्न गराउन सम्बन्धित सबैमा जानकारी गराएको छ।

यसरी कोही कसैवाट यस प्रकारको गतिविधि गरिरहेको पाएमा इलाका प्रहरी कार्यालय केराबारी, नगर प्रहरी केराबारी वा केराबारी गाउँपालिकाको कार्यालय एवम् पदाधिकारीलाई जानकारी गराउन समेत गाउँपालिकाले सबै समक्ष अनुरोध गरेको छ।kerabari 1