केराबारी/ केराबारी गाउँपालिकाले २०८१ श्रावण १ गते देखि घरनक्सा अभिलेखिकरण सम्बन्धि कार्य बन्द गर्ने निर्णय गरेको छ। केराबारी गाउँकार्यपालिकाको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा बसेको हिजोको बैठकले घरनक्सा पास गर्ने प्रयोजनार्थ अभिलेखिकरण सम्बन्धि कार्य निरन्तर भईरहेकोले अव उपरान्त २०८१ असार मसान्तसम्मको अन्तिम समय सिमा कायम गर्ने र २०८१ श्रावण १ गते देखि घरनक्सा अभिलेखिकरण सम्बन्धि कार्य पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका प्रबक्ता नारायण भुजेलद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

बैठकले समुदायमा आधारित “सालक संरक्षित बिशेष क्षेत्र व्यवस्थापन कार्यविधि २०८०” स्वीकृत गरेको छ। 

यस्तै केराबारी गाउँपालिकाको भवन निर्माण मापदण्ड एवम् नक्सापास कार्यविधि, २०७७ माथि सैदान्तिक सहमति भई आवश्यक संशोधनको लागि बिधेयक समितिमा पठाउने निर्णय गरेको छ।

यसैगरी आर्थिक बर्ष २०७९–८० को बार्षीक समिक्षा प्रतिवेदन माथि छलफल गरेर सुझाव कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ।Kerabari