सुन्दरहरैँचा/ कोसी प्रदेशको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२स्थित सुकुना बहुमुखी क्याम्पसमा मंगलबार रक्तदान कार्यक्रम हुने भएको छ। क्याम्पसस्थित पुर्व बिधार्थी समाजले कार्यक्रम गर्न लागेको हो। 

सुकुना बहुमुखी क्याम्पस परिसरमा हुने कार्यक्रम रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा रक्त अभावलाई केहि हदसम्म समाधान गर्न आयोजना गरिएको पूर्व बिद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीले केराबारी खबरलाई बताउनुभयो।

रगत दान गर्दा कसैको जीबन बचाउने सकिने भएकोले पनि रक्तदान कार्यक्रम गर्न लागिएको अध्यक्ष सुवेदीले बताउनुभयो।

क्याम्पसमा पाँचदिन अघि मात्र गठन गरिएको पुर्व विधार्थी समाजको पहिलो कार्यक्रम रहेको अध्यक्ष सुवेदीको भनाई छ।

सुकुना क्याम्पसमा पढ्ने बिधार्थी र क्याम्पसको बिकास गर्नको लागि समाजको पुनर्गठन गरिएको अध्यक्ष सुवदीले बताउनुभयो।