आहाले/ केराबारी गाउँपालिका वडा नम्बर ६ को कार्यालयले नि:शुल्क बिभिन्न प्रजातीका बिरुवा बितरण गर्ने भएको छ। वडा कार्यालयले आईतबार सुचना जारी गर्दै यस्तो निर्णय गरेको हो।
वडा कार्यालयले जारी गरेको सुचनामा भदौ १८ गते सोमबार(भोली) दिउसो १ बजे वार्ड कार्यालयबाट विभिन्न प्रजातिको फलफुल तथा जडिबुट्टि (तेजपत्ता, अमला, अम्बक, बिजयसाल, हर्रो,मसला, तित्री) को बिरुवा नि:शुल्क बितरण गर्ने कार्यक्रम रहेकोले सबै टोलबिकास समिति अनिबार्य उपस्थित भएर बिरुवा लान अनुरोध गरिन्छ भनिएको छ।
इच्छुक वडाबासिले वडा कार्यालयमा आएर आवश्यकता अनुसारको बिरुवा छनौट गरि लान सक्ने वडा कार्यालयले जानकारी गराएको छ।