सन्तहाङ्ग चेम्जोङ्ग–केराबारी/ मोरङ्गको केराबारी ६का सुप्रिम राई लागुऔषधसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय केराबारीको टोलिले १९बर्षीय राईलाई शुक्रबार साँझ पक्राउ गरेको हो।
पक्राउ परेका राईको साथबाट स्पासपेन २ सय ३० क्याप्सुल, ट्रामाडोल २ सय १५ क्याप्सुल बरामद गरेको केराबारी प्रहरीले जनाएको छ।
पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारी पठाईएको केराबारी प्रहरीले जनाएको छ।