केराबारी/ मोरङ्गको केराबारी ७ स्थित दीपज्योति सामुदायीक बन क्षेत्रभित्र बृहत बृक्षरोपण गरिएको छ । शनिबार बिहान झरीका बावजुद बृक्षरोपण गरिएको हो।IMG_0983

शनिबार (आज) बिहान ७ वजे दीपज्योति सामुदायिक वन क्षेत्रको खदम खोला बगर उकास क्षेत्रमा करिब तीन हेक्टर क्षेत्रफलमा बिभिन्न जातका बिरुवा रोपिएको हो।IMG_1010

दीपज्योति सामुदायीक बन उपभोक्ता समुहमा आवद्द करिव १७५जना सहभागी भएको बृक्षरोपण कार्यक्रममा खयर, सतिसाल, जमुना, कटहर र अम्बकका बिरुवा रोपिएको छ।IMG_1021

वृक्षरोपण कार्यक्रममा सामुदायीक वनका उपभोक्ताका अलावा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय शिक्षकका साथै नजिकै रहेको आहाले सामुदायीक बन उपभोक्ता समुहका सदस्यहरुको पनि सहभागिता रहेको दीपज्योति सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिनुभयो।

बृक्षरोपणका थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस।

IMG_0993

IMG_0996