सतिसाले/ केराबारी सम्पन्न भएको वडा स्तरीय पुरुष भलिबलको उपाधि केराबारी २ले जितेको छ। वडा नम्बर २ले वडा नम्बर ४लाई फाईनलमा हराएको हो ।

मंगलबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ४लाई वडा नम्बर २ले सोझो सेटमा हराएको हो। बेष्ट अफ ५ अन्र्तगत पहिलो सेटमा वडा नम्बर ४ ले २१–२५ ले अग्रता लिएपनि बाँकी खेलमा वडा नम्बर २ ले लगातार ३सेट जित्दै उपाधि जितेको छ।

उपाधिसँगै वडा नम्बर २ ले नगद ४५ हजार ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको खेलकुद बिकास समितिका सदस्य सचिव राजन श्रेष्ठले केराबारी खबरलाई बताउनुभयो। उपबिजेता बनेको वडा नम्बर ४ ले नगद ३० हजार सँगै ट्रफि,मेडल र प्रमाण प्राप्त गरेको सदस्य सचिव श्रेष्ठले बताउनुभयो।

महिला भलिबलको उपाधि वडा नम्बर १लाई 

यस्तै वडास्तरीय महिला भलिबलको उपाधि वडा नम्बर १ले जितेको छ। मंगलबार भएको फाइनल खेलमा वडा नम्बर ३लाई हराउँदै वडा नम्बर १ले उपाधि उचालेको हो।

बिजयी बनेको वडा नम्बर १ले नगद ४० हजारसहित ट्रफि,मेडल र प्रमाण पत्र हात पारेको छ भने उपविजेता बनेको वडा नम्बर ३ले नगद ३०हजारसहित ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गरेको खेलकुद बिकास समिति केराबारीका सदस्य सचिव राजन श्रेष्ठले बताउनुभयो।volliball

बिजेता उपबिजेतालाई गाउँपालिकाका उपाध्यक्ष मनमाया मगरले पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु उपस्थित हुनुहुन्थ्यो।