हजारबिगा/ स्वतन्त्र नागरिक समाज केराबारीका सहसचिव सन्तहाङ्ग चेम्जोङ्गले पदबाट राजिनामा दिएका छन्। चेम्जोङ्गले आईतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत राजिनामाको घोषणा गरेका हुन्।

फेसबुक मार्फत राजिनामाको घोषणा गरेका चेम्जोङ्गले केराबारी खबरसँगको मोवाईल कुराकानीमा नेतृत्वको कार्यशैलि प्रति असन्तुष्ठि जनाएका छन्।

उनले नेतृत्वको कार्यशैलि गलत भएको र आँफुले पटकपटक आवाज उठाएपनि सुनुवाई नभएका कारण राजिनामा दिएको केराबारी खबरसँगको मोवाईल कुराकानीमा बताएका छन्।