केराबारी/ केराबारी गाउँपालिकाले चालु आर्थिक बर्षमा बाढी, पहिरोले पुर्‍याएको क्षति न्युनिकरण एवं अन्य प्राकृतिक प्रकोपवाट क्षतिग्रस्त क्षेत्रमा खोला च्यानलाइज, तटबन्धन गर्ने निर्णय गरेको छ। कार्यपालिकाको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै प्राकृतिक प्रकोपवाट क्षतिग्रस्त क्षेत्रमा ग्याबिन जाली लाउने तथा सडक अवरुद्द हटाउने र रुख ढलेर घरमा भएको क्षति वापत राहात उपलब्ध गराउने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले केराबारी गाउँपालिकाको वैदेशिक रोजगारीवाट फर्किएका व्यक्तिहरुको सञ्जाल गठन सम्बन्धि कार्यविधि २०८०, केराबारी गाउँपालिकाको कन्टिजेन्सी रकम व्यवस्थित गर्ने सम्बन्धि निर्देशिका २०८० र पोषणमैत्री स्थानीय तह सेवा बिस्तार कार्यक्रम कार्यान्वयन निर्देशिका २०८० स्वीकृत गरेको छ।

मंगलबारको बैठकले केराबारी गाउँपालिकाको शिक्षण दरवन्दी मिलान तथा बिद्यालय समायोजन सम्बन्धि कार्यविधि २०८०, केराबारी गाउँपालिकाको सामुदायमा आधारित सालक संरक्षित विशेष क्षेत्र व्यवस्थापन कार्यविधि २०८० र केराबारी गाउँपालिकाको बिद्यालयको लेखा परिक्षण सम्बन्धि कार्यविधि २०८०मा थप दफावार छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको छ।

kerabari