याङ्गशिला/ मोरङ्गको केराबारी ५ सतिसालेस्थित साबित्री मा.बि.का पूर्व प्रधानाध्यापक जितबहादुर राई(जेबी सर)को निधन भएको छ। राईको शनिबार बिहान पौने आठबजे निधन भएको छ।

लामो समयदेखि थलिएर घरमा नै रहनुभएका राईको केराबारी ५स्थित निवासमा नै ज्यान गएको सतिसाले क्रियटिभ ग्रुपकी समिक्षा राईले सामाजिक सञ्जालमा लेखेकी छन्।

सतिसाले क्रियटिभ ग्रुपले शनिबार(आज) दिउसो एक कार्यक्रमका बीच निधन हुनुभएका राई, प्रकाश दिप्साली राई र मोहन लिम्बुलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो।

राईको निधनका कारण शनिबार गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको सतिसाले क्रियटिभ ग्रुपका सनम तामाङ्गले सामाजिक सञ्जालमा लेखेका छन्।